काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले पुस १५ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थाले विद्यानन्द चौधरीको नाममा रहेको ६ हजार २ सय ८५ कित्ता सेयर बिक्रीमा राखेको छ। संस्थाले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक सेयरधनीलाई दिएको संस्थाले जनाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

