PRABHU BANK

कुमारी बैंक लिमिटेडको फोनलोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक, सहज र डिजिटलमैत्री बनाउने प्रतिबद्धता

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले फोनलोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको हो । 
आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको बैंकले जनाएको छ । 
कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिने भएको छ । यस्तै कर्जाको लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरीरहनु नपर्ने भएको छ । 
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुने विश्वास बैंकले लिएको छ । यस्तै आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरेको छ । 
बैंकको देशभरी रहेको १ सय ८४ वटा शाखा कार्यालय, १ सय ४४ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ सेवा र १३ वटा एक्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तैगरी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै