PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडबाट सञ्चय कोषको कर्जा सहजै भुक्तानी गर्न सकिने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडबाट सञ्चय कोषको कर्जा सहजै भुक्तानी गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकमार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । 
कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र व्याजसहितको किस्ता रकम भुक्तानी गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
उक्त व्यवस्था लागु भएसँगै कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।
बैंकले हालसम्म १ सय ६० वटा शाखाहरु, १ सय ३३ वटा शाखारहित बैकिङ सेवा र १ सय ९८ वटा एटीएमहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै