- बैंकिङ संसार
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा ३९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा यस वर्षको नाफा बढी हो ।
लघुवित्तको यस त्रैमासमा खुद व्याज आम्दानी २९ लाख २६ हजार रुपैयाँ गरेको लघुवित्तले गत आर्थिक वर्षमा ८ लाख ४३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको नाफा २० लाख ८३ हजारले बढी हो ।
त्यस्तै लघुवित्त संचालन घाटामा रहेको छ गत वर्ष सञ्चालन नोक्सान २ लाख ३७ हजार रुपैयाँ रहेको लघुवित्तको सञ्चालन नोक्सान यस वर्ष बढेर ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खराब कर्जा भने ०.०४५ प्रतिशत रहेको छ ।
लघुवित्तको हालको चुक्ता पुँजी २ करोड र जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको असोज मसान्तसम्म आईपुग्दा प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ५४ पैसा रहेको छ भने र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १० पैसा रहेको छ ।