बैंकिङ कसुर मुद्दाका फरार कोइराला पक्राउ, अब हुन्छ कारवाही !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ बस्ने ४२ वर्षीय दिनेश कोइराला रहेका छन्।

ठगी तथा बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । नख्खु कारागार कार्यालय काठमाडौँमा ठगी तथा बैंकिङ कसुर मुद्दामा कैदमा रहेका कोइराला जेनजी आन्दोलनका क्रममा भागेका थिए।

कोइरालालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएका प्रहरीका टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ दोगराबाट नियन्त्रणमा लिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्