PRABHU BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक

Reliance Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘लिमिटेड इन्डोमेन्ट’ नामक बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा योजनाअन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउने भएका छन् ।
साथै यस योजनाको बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने कम्पनीले जनाएको छ । उक्त बीमा योजना १६ वर्षदेखि ६५ वर्षसम्म उमेरकाले लिन सक्ने भएका छन् । यो योजनाअन्तर्गत न्युनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुने भएको छ । 
यस्तै योजनामा बीमा अवधि न्युनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८ वर्ष, १२ वर्ष, १६ वर्ष र २० वर्ष रहेको छ । यस योजनासँगै बीमितले थप न्युनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै