PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंसिर ३ गते बोलाएको हो । बैंकको कार्तिक २ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले साधरणसभाको मिति तय गरेको हो । उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुने भएको छ ।
सभामा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित हुने भएको छ । बैंकले ८ अर्व रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने भएको छ । 
यसैगरी बैंकको २०७७ असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित पनि गरिने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डासमेत रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै