National

नेपाल स्टक एक्सचेन्जमा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मुल्य समायोजन

Gurans Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको छ । कम्पनीको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर मुल्य समायोजन भएको हो । 
कम्पनीको ५ दशमलव २५ प्रतिशत सेयरमा मुल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मुल्य ५ सय ७६ रुपैयाँ ७२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मुल्य ६ सय ७ रुपैयाँ रहेको थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २० गते बिहिबारदेखि बुक क्लोज गरेकोले मुल्य समायोजन भएको हो । कार्तिक १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका छन् । कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा साधारणसभा बोलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै