prabhu

तिनाउ मिसन डेभलपमेन्ट बैंकले सेयरधनीको हितग्राही खातामा पठायो बोनस सेयर

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर पठाएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरूको हितग्राही खातामा पठाएको हो । 
बैंकको असार २५ गते सम्पन्न भएको १३औं वार्षिक साधारणसभाले उत्तः बोनस सेयर पारित गरेको हो । उक्त बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा कार्तिक १९ गते बुधबारदेखि नै जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी बैंकले २०७६ साल असार ३१ गतेपश्चात् सेयर खरीद गरी कायम भएका सेयरधनीहरूले बोनस सेयर बापत लाग्ने कर सेयरधनी स्वयंमले भुक्तानी गर्नुपर्ने बताउँदै कर बापतको रकम जम्मा गरेपश्चात् मात्र बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न सकिने भएको छ । बैंकले कर तिर्नका लागि सिद्धार्थ बैंक लिमिटेडको हात्तिसार काठमाडौंको खाताको नाम र खाता नम्बर ००११६३३५२८६ मा जम्मा गर्नुपर्ने भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै