PRABHU BANK

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Ghodighoda Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
लघुवित्तले पहिलो त्रैमासमा ५ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले २४ लाख ८७ हजार रुपैयाँ नोक्सानी व्यहानु परेको थियो । पहिलो त्रैमासमको अवधिमा कम्पनीले ७ लाख ४० हजार खराब कर्जा उठाएकाले र खुद व्याज आम्दानीमा पनि वृद्धि गरेकोले नाफा बढेको हो । 
लघुवित्तको हालको चुक्तापूँजी २ करोड ७६ रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ६६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ दशमलव ६८ प्रतिशत पुगेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै