PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा नेपाल स्टक एक्सचेञ्जद्धारा मूल्य समायोजन

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि लघुवित्तको सेयर कारोबार आइतबार ५७६ रुपैयाँमा खुल्ने भएको छ ।
मंसिर १८ गते हुने साधारणसभाका लागि कम्पनीले मंसिर ५ गते शुक्रबार बुक क्लोज गरेको हो । यसर्थ बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर र साधारणसभा भाग लिन पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९्५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.१८४ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । 
कम्पनीले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ भने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद वितरण गर्ने घोषणा गरेको छ । यसलाई साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् । कम्पनीको उक्त सभा सर्वसाधारण आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै