PRABHU BANK

सनराइज बैंकद्धारा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Sunrise Bank
  • बैंकिङ संसार
झापा । सनराइज बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालन भएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ५३ पुगेको छ । 
बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका-९ गोलधापमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाटसमेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने पनि बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने भएका छन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले हालसम्म १ सय ३९ वटा शाखा, १ सय ६१ वटा एटिएम, ५३ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरलाई सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकको ७ लाख भन्दा बढी सेवाग्राहीहरु छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै