PRABHU BANK

‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड पुरस्कृत भएको छ । विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको हो ।
मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरीरहेको नविनतम र ग्राहकमैत्री समावेसी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो । 
‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । उक्त पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने भएको छ ।
मुक्तिनाथ विकास बैंकले देशभर रहेका १ सय ३८ ओटा शाखाहरुमध्ये १ सय १८ ओटा शाखाहरले साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने यो क्षेत्रमा १७ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै