National

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ सूचीकृत भएको हो ।
उक्त सूचिकरण सम्बन्धि बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत उक्त ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले ऋणपत्र सूचीकरण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै