कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन पेस गरेपछि बैंकले सेयर बिक्री गर्न लागेको छ । बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्