काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनबीच शिष्टाचार भेट गरेका छन्। सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो ।
भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय जोखिम तथा नेपालले आईएमएफबाट प्राप्त गर्दै आएको प्राविधिक सहयोगलगायतका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
गभर्नर पौडेलले नेपालले आर्थिक स्थिरता कायम गर्न र सुशासनलाई सुदृढ बनाउन चालेका कदमहरूबारे निर्देशक श्रीनिवासनलाई जानकारी गराएका थिए । श्रीनिवासनले नेपालको आर्थिक सुधारप्रति आईएमएफको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेका छन्।



