PRABHU BANK

नेपाल धितोपत्र बोर्डले सानिमा बैंकलाई दियो ऋणपत्र निष्कासन गर्ने अनुमति

Sanima Bank
  • बैंकिङ संसार 
काठमाडौं । सानिमा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नको लागि अनुमति पाएको छ । बैकले ४ अर्व रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि बिक्रि खुल्ला हुने भएको छ भने २४ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याजदर पाइने जनाएको छ । बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यपिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै