काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्त, आन्तरिक लेखापरीक्षण लगायतका विभागहरुको लागि अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिन २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । महिलाको हकमा उमेरमा ५ वर्ष थप हुनेछ ।
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।



