PRABHU BANK

मेगा बैंकद्धारा कन्ट्याकलेस् भुक्तानी सेवा सुरु, २ हजारसम्मको भुक्तानी गर्न सकिने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कन्ट्याकलेस् भुक्तानी सेवा सुरु गरेको छ । बैंकले कार्ड प्रयोगकर्ताहरुको लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन-एनएफसी) भुक्तानी सेवा सुरु गरेको हो । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो ।
कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ । एनएफसी जडान गरिएको कुनै पनि मेसिनमा यस सेवाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डको डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।
ग्राहकलाई विश्व स्तरीय बैंकिङ अनुभव दिनको यो नयाँ टेक्नोलोजी भित्र्याइएको मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइकी छिन् । साथै यस टेक्नोलोजी मार्फत बैंकले २ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्ने पनि उनले जानकारी गराइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै