PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन ईनिशियटिवलाई आर्थिक सहयोग

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बलियो नेपाल न्युट्रिशन ईनिशियटिवलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आईतबार एक कार्यक्रममा बलियो नेपाल न्युट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायलाई आर्थिक सहयोग गरेका हुन् । यस सहयोगबाट बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने बैंकले जनाएको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआरमार्फत सहयोग गरेको बताएका छन् । बलियो नेपाल न्युट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै