PRABHU BANK

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्व ६६ करोड रुपैयाँ लगानी गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले २ अर्व ६६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्व १२ करोड ८० लाख रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३९ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ३० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले मंसिर १७ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै