PRABHU BANK

प्रभु बैंकले २२ स्थानमा आफ्नो स्वामित्वमा रहेको घर जग्गा लिलामी गर्ने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले देशभरका २२ स्थानमा आफ्नो स्वामित्वमा रहेको घर जग्गा लिलामी गर्ने भएको छ । बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैर बैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो । 
बैंकले झापाको भद्रपुरदेखि, सुनसरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गा सिलबन्दी बोलपत्र मार्फत लिलामी गर्न लागेको जनाएको छ । सो लिलामीमा सहभागी हुन चाहने व्यक्तिले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख पनि बैंकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै