HIMALAYAN LIFE
Banking Sansar Mobile App

महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्सालको कथा -‘बच्चामा खुब बिरामी परें, बुबा बितेपछि आमा नै साहारा’

मेरो बाल्यकाल निकै चुनौतीपूर्ण रह्यो। बुबा बितेपछि आमाले नै मलाई हुर्काउनु भयो। हामी चावहिलमा बस्थ्यौं। मलाई हेमोफिलिया (रगत नजम्ने रोग) थियो, जसका कारण बाल्यकालमा धेरै कष्ट भोग्नुपर्‍यो। आमाको अथक मेहनत र माया नभएको भए, म आज यहाँसम्म पुग्दैनथेँ।

मैले कक्षा दुईदेखि नै छात्रवृत्तिमा पढें। त्यसैले कहिल्यै शुल्क तिर्नु परेन। एसएलसी सकेपछि परिचितको कन्सल्टेन्सीमा काम सुरु गरेँ। पछि ट्राभल एजेन्सीमा पनि काम गरेँ। त्यो समयसम्म मैले इन्टरमिडियट पूरा गरेको थिएँ। मेरो मनमा दुई विकल्प थिए — विदेश जाने वा नेपालमै केही गर्ने। त्यही क्रममा नबिल बैंक (त्यतिबेला नेपाल अरब बैंक) मा जुनियर असिस्टेन्टको पदमा मेरो नाम निस्कियो र मेरो बैंकिङ यात्रा सुरु भयो।

कान्तिपथ ब्रान्चमा क्यास डिपार्टमेन्टमा काम गर्दा बैंकिङको आधारभूत सीप सिक्ने मौका पाएँ। पछि एलसी डिपार्टमेन्ट र प्रिभीलेज बैंकिङमा बस्दा अझै धेरै ज्ञान र अनुभव बटुलें। यो अनुभवले मेरो करियर निर्माणमा ठूलो भूमिका खेलेको छ।

नबिल बैंकमा काम गर्दै गर्दा कुमारी बैंकमा जाने अवसर मिल्यो। त्यहाँ गएपछि नेतृत्व गर्ने क्षमतामा अझै निखार आयो। हेड अफ ट्रेजरीको जिम्मेवारी पाउँदा ठूलो चुनौतीसँगै विश्वास पनि बढ्यो। ढुंगाना सरजस्ता वरिष्ठबाट स्वतन्त्र भएर काम गर्न र कहिल्यै हार नमान्न प्रेरणा पाएँ।

त्यो समयमा म र मेरो टिमले विकास बैंकलाई कमर्सियल बैंकमा रुपान्तरण गर्ने प्रक्रियामा पनि साथ दियौँ। पछि सानिमा बैंक मात्रै विकास बैंकबाट कमर्सियल बैंकमा रुपान्तरण भयो। म त्यहाँ डेपुटी म्यानेजर हुँदै सिनियर डेपुटी सिइओ र अन्ततः सिइओ बनेँ। अहिले करिब डेढ वर्ष भयो, म महालक्ष्मी विकास बैंकको सिइओको रूपमा जिम्मेवारी सम्हालिरहेको छु।

जीवनमा साँचो सफलता भनेको सिइओ भएपछि मात्र महसुस गरेँ। यो पद पाउँदा नयाँ यात्राको सुरुवात भएको जस्तो लाग्यो। बाल्यकालको संघर्षदेखि आजसम्मको यात्राले मलाई आजको यो स्थानमा पुर्‍याएको हो।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।