PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले गर्यो चौरजहारी नगरपालिकासँग सम्झौता, सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नगरपालिकाका तर्फबाट नगर प्रमुख विशाल शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगरपालिकाले उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने भएको छ । तालिम प्राप्त कृषकहरुको ५/५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकमा सिफारिस नगरपालिकाले गर्ने जनाएको छ । नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम १० लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने पनि बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै