काठमाडौँ। मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। फाइनान्सले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको छ । हाल यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । यसैको १५ प्रतिशतले हुन आउने रकम लाभांशको रूपमा बाँड्ने निर्णय भएको हो ।
कम्पनीको असोज ७ गतेबसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

