PRABHU BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभाश वितरण गर्ने

Global IME Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभाश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभाश वितरण गर्ने निर्णय गरेको हो । 
कम्पनीले २७ दशमलव ४७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस र नगद गरी कुल २८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
कम्पनीले ७ करोड १३ लाख ९ हजार १ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने ३७ लाख ५३ हजार १ सय ११ रुपैयाँ नगद वितरण गर्ने भएको छ । कम्पनीको उक्त प्रस्तातिव लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै