PRABHU BANK

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता, निःशुल्क सिम र इन्टरनेट प्याकेज पाउने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता भएको छ । बैंक र आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्बन्धी सम्झौता भएको हो । 
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिने भएको छ । 
साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्ने भएका छन् । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा पनि विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम व्याजदर पनि दिदै आइरहेको छ । बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, ८२ वटा एटिएम र १४ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै