DISH HOME

बैंकिङ बजारमा हलचल, एकैदिन ९ अर्ब निक्षेप घट्यो

काठमाडौं । पछिल्लो समय बैंकिङ निक्षेपमा उल्लेखनीय गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार साउन २४ गतेसम्म कुल बैंकिङ निक्षेप ७२ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा भोलिपल्ट घटेर ७२ खर्ब ३९ अर्ब रुपैयाँमा झरेको छ।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ८५ अर्ब रुपैयाँमा सीमित भएको छ।

निक्षेपसँगै कर्जा लगानीमा पनि गिरावट देखिएको छ। केन्द्रीय बैंकका तथ्यांक अनुसार कर्जा लगानी ५५ खर्ब ८१ अर्बबाट घटेर ५५ खर्ब ७८ अर्ब रुपैयाँमा आएको छ। वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घट्दै ४९ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ।

सोही अवधिमा सिडी रेसियो ७६.०७ प्रतिशत र अन्तरबैंक ब्याजदर २.६८ प्रतिशत रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै