prabhu

घाटाबाट चम्किलो नतिजातर्फ जनउत्थान लघुवित्तको वित्तीय वर्ष

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.६०% बढेर १ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा नाफा १ करोड २१ लाख रुपैयाँ मात्र थियो।

नाफा वृद्धि मुख्यतः ५६.७९% ले बढेको खुद ब्याज आम्दानीका कारण भएको हो। यद्यपि अन्य सञ्चालन आम्दानी ११.१९% घटेको छ, कुल सञ्चालन आम्दानी भने ४१.७०% बढेको छ। सञ्चालन मुनाफा अघिल्लो वर्षको २ करोड ४२ लाख रुपैयाँको घाटाबाट सुधार भई १ करोड ६ लाख रुपैयाँ नाफामा पुगेको छ।

प्रतिसेयर आम्दानी (EPS) १ रुपैयाँ ४७ पैसाले बढेर ८ रुपैयाँ ६१ पैसा पुगेको छ। असार मसान्तसम्म संस्थाको मूल्य–आम्दानी अनुपात १३२.१६ गुणा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ १० पैसा रहेको छ।

१७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष ९ करोड ८९ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले १ अर्ब ९ करोड ६८ लाख रुपैयाँ सापटी र ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल २ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै