prabhu

नबिल बैंक दुई प्रतिष्ठित अवार्डबाट सम्मानित, नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ। बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।

बैंकका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाप्रतिको दृढ प्रतिबद्धताका कारण यो सफलता हासिल भएको हो।

‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव उपलब्ध गराउने रणनीतिका लागि प्रदान गरिएको हो। त्यस्तै, मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनामा वित्तीय साझेदारी गरेबापत ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ अवार्ड बैंकको पोल्टामा परेको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्डहरू हाम्रो टिमको निरन्तर मेहनत र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम हुन्। हामीलाई विश्वास गर्ने ग्राहक, साझेदार र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दछौं।” उनले स्मार्ट र सुरक्षित बैंकिङमार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

हाल नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चार दशकदेखि बैंकले नवीनतम सेवा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै