prabhu

राष्ट्र बैंकको एउटा निर्णय, जसले कन्सलटेन्सीका नाममा भईरहेको अवैध हुण्डी कारोबारलाई करको दायरामा ल्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पीटीई परीक्षाका नाममा भईरहेको गैरकानुनी कारोबारलाई करको दायरामा ल्याएको छ । नेपालमा सो परिक्षाका नाममा हुँदै आएको बार्षिक डेढ अर्व हाराहारीको कारोबारलाई अव राष्ट्र बैंकले सिष्टममा ल्याएको हो ।

राष्ट्र बैंकले ‘एकीकृत परिपत्र २०८१’ मा संशोधन गर्दै पीटीई परीक्षाका नाममा हुने कारोबारलाई करको दायरामा ल्याएपछि अव यहि परिक्षाका नाममा हुने हुण्डी कारोबार कम हुने द्केहिएको छ ।
यसअघि राष्ट्र बैंकसँग पनि यस विषयमा कुनै पनि व्यवस्था थिएन । तर अव राष्ट्र बैंकले यस सम्बन्धमा स्पष्ट व्यवस्था गरेपछि हुण्डीबाट गईरहेको यस्तो शुल्क करको दायरामा आउने भएको हो ।
अव टोफल, आईएलटीएस, पीटीई, जीआरई, जिम्याट, जस्ता परिक्षाको रकम भुक्तानीका लागि प्रति पटक अमेरिकी डलर १५,००० सम्मको सटही सुविधा दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
पीटीई परीक्षाका लागि विद्यार्थीले अमेरिकाबाट डलरमा भौचर खरिद गर्दै आएका थिए । अव भने यो कामको पनि अन्त्य हुने विश्वास लिईएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै