PRABHU BANK

सनराइज बैंक लिमिटेड ५५औं शाखारहित बैंकिङ सेवा झापा जिल्लाको भद्रपुर नगरपालिकामा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले थप नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवा झापा जिल्लाको भद्रपुर नगरपालिका-१ पृथ्वीनगर-कुलेचौकमा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५५ पुगेको छ ।
बैंकले भद्रपुर नगरपालिका वडा नं १, पृथ्वीनगर-कुलेचौकमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललार्ई नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सक्ने भएका छन् । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको पनि बैंकले जनाएको छ । हालसम्म बैंकले १ सय ३९ वटा शाखा, १६१ वटा एटिएम, ५५ वटा शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ । बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा भद्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दशरथ प्रधानको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौला, भद्रपुर शाखाका शाखा प्रबन्धक भिषण निरौला र अन्य कर्मचारीहरुकोसमेत उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै