PRABHU BANK

नेपाल बैंक लिमिटेड र रत्ननगर नगरपालिकाबीच सम्झौता, व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेड र रत्ननगर नगरपालिकाबीच सम्झौता भएको छ । बैंक र चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको हो । नेपाल वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत व्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा व्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्ने भएको छ । 
यस्तै विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिवृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न वबर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्य रत्ननगर नगरपालिका र नेपाल बैंकको रहेको छ । 
बैंकले हाल २ सय ३ वटा शाखाहरु, १ सय ३२ बटा एटिएम र ३८ वटा एक्स्टेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गदै आईरहेको छ । यस्तै चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २ सय १४ पुर्याउने लक्ष्यका साथ बैंकले कार्यहरु अगाडी बढाईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै