काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको नाफा ६.३४ प्रतिशतले घटेको छ ।
यस अवधिमा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता लघुवित्तको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशत घटेको छ।