PRABHU BANK

एनआईसी एशिया बैंकको शाखामा सेवाग्राहीद्धारा तालाबन्दी

Nic Asia Bank
  • बैंकिङ संसार
कैलाली । एनआईसी एशिया बैंकको शाखामा सेवाग्राहीहरुले ताला लगाएको छ । कैलालीको धनगढीमा रहेको बैंकको शाखामा सेवाग्राहीहरुले ताला लगाएको हो । भूमि सुधार तथा मातपोत कार्यालय कैलालीस्थित रहेको बैंकको शाखामा कार्यरत कमर्चारीहरुले बैंकिङ सेवामा ढिलासुस्ती गरेको हुनाले सेवाग्राहीले ताला लगाएको हो ।
बैंकका कर्मचारी पनि बैंक भित्रै थुनिएका छन् । बैंकका कर्मचारीले आफ्ना चिनजानका व्यक्तिहरुको काम मात्रै छिटो गरिदिने र आफ्नो काममा भने वास्ता नगरेको गुनासो सेवाग्राहीले गरेका छन् । त्यसकारण आफूहरुले ताला लगाउन बाध्य भएको उनीहरुको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै