PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा बर्दिया र बाग्लुङ्गमा, रमन कुमार रेग्मी र युवराज राजभण्डाद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४१ पुगेको छ ।
बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४ राजापुर बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं.४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्तरुपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिको रुपमा बैंकले पौडेल ट्रेडर्सलाई नियुक्त गरेको छ । यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेल नियुक्त भएका छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्नेको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
बैंकले हालसम्म २ सय ६४ वटा शाखा कार्यालयहरु, २ सय ३९ वटा एटिएम, २४१ शाखा रहित बैंकिङ सेवा र४ ७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै