PRABHU BANK

लक्ष्मी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् छलफलका मुख्य विषयहरु

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको हो । बैंकले प्रस्तावित लाभांश पारित गर्न आफ्नो २०औं वार्षिक साधारणसभा डाकेको हो ।
सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सो प्रयोजनको लागि बैंकको पुस १७ गते बुक क्लोज हुने भएको छ । यस कारण पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् । हाल बैंकको चुक्ता पुँजी ९ अर्व ८१ करोड रूपैयाँ रहेको छ भने ९ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्व ६९ करोड रूपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै