PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बोलायो आफ्नो १०औं वार्षिक साधारणसभा

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १०औं वार्षिक साधारण सभा पुस २९ गते बुधबार बोलाएको हो । 
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनका लागि पुस १६ गते बिहीबार बैंकले सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्व ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपियाँ ३० पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै