अमेरिका जान बैंक ब्यालेन्स देखाउने भन्दै ठगी गरेको खुलासा, तीन जना पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने !

काठमाडौँ। बैंक ब्यालेन्स देखाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव रहेका छन्।

उनीहरूले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको छ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । पक्राउ परेका मध्ये घिमिरेले यसअघि पनि यस्तै गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्