PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र क्लियरिङ हाउसबीच सम्झौता, कर्पोरेट-पे सेवा सुरु गर्ने

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । बैंकले क्लियरिङ हाउससँग आफ्ना ग्राहकहरुको लागि कर्पोरेट-पे प्रणालीको सुरुवात गर्नको लागि उक्त सम्झौता गरेको हो । 
बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै सोझै विद्युतिय भुक्तानी गर्ने सकिने कर्पोरेट-पे प्रणाली को सुरुवात गरेको हो । बैंकका तर्फबाट प्रमुख स‌चालन अधिक्रित रमेश सापकोटा र क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
उक्त कर्पोरेट-पे प्रणाली प्रयोग गर्नको लागि बैंकबाट आवश्यक सबै प्रकया पुरा गरी आवेदन दिन सकिने बैंकले जनाएको छ । यस प्रणालीबाट आफैले तोकिएको कारोबार सिमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष स‌ंलग्नता बिना गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै