PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा हुने, यस्ता छन् छलफलका विषयहरु

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आगामी माघ ८ गते आफ्नो ३४औं वार्षिक साधारणसभा हुने भएको हो । बैंकले उक्त दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा साधारणसभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १४ अर्व २४ करोड रुपैयाँ रहेको छ भने १३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्व रुपैयाँ नाघ्नेछ ।
त्यस्तै सभाले अधिकृत पुँजी वृद्धि गरी १८ अर्व पुर्याउने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । यससँगै सभाले सर्वसाधारण सेयरधनीमध्येबाट सञ्चालक समितिमा २ जना सञ्चालक निर्वाचित गर्ने भएको छ । यस्तै सभाले कुनै संस्था मर्ज तथा एक्विजिशनको लागि पनि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै