PRABHU BANK

सानिमा बैंकद्धारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु, डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ बैंकिङ सेवा सुरु गर्ने भएको छ । बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु गर्ने भएको हो । बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप अपग्रेड गरेको हो ।
बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेभ ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप र कम्प्युटरबाट पनि चलाउन सकिने भएको छ । नयाँ भर्सनबाट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ई-क्यास पठाउने र अन्य व्यक्तिले पाउन सक्ने, ई-भौचरबाट जम्मा गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवासम्बन्धी सोधपुछ गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै