PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता, हस्पिटलका कर्मचारीलाई प्रोफेशनल कर्जा दिईने

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौता अनुसार नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने भएको छ । साथै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, संस्थापक सेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका तर्फबाट मेडिकल डाइरेक्टर डा.युवराज खरेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै