काठमाडौँ। पछिल्लो समय लघुवित्तको जागिर छोड्नेहरू बढ्दै गएका छन्। लघुवित्तबाट पछिल्लो तीन महिनामा ९४ कर्मचारीहरूले जागिर छोडेको पाइएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तदेखि चैत मसान्तसम्ममा लघुवित्त क्षेत्रमा ९४ जना कर्मचारीहरूले जागिर छोडेको छन् ।
हाल नेपालमा सञ्चालित ५२ लघुवित्त वित्तीय संस्थामा पुस मसान्तसम्म २१ हजार ६०० कर्मचारी रहेकोमा चैत मसान्तमा घटेर २१ हजार ५०६ कर्मचारी रहेको राष्ट्र बैंकको तथ्यांकले देखिएको छ।