PRABHU BANK

सप्तकोशी डेभलपमेण्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता, भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्ने

Saptakoshi Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंक र टेक्नोलोजिजबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी र स्मार्टच्वाइसको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले उक्त सम्झौता पत्रमा पुस २६ गते आइतबार हस्ताक्षर गरेका हुन् ।
धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै