PRABHU BANK

सनराइज बैंकले गर्यो लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टसंग सम्झौता, होटलको सेवामा विशेष छुट पाईने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै उक्त सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज सुविधाको सनराइज बैंकको क्रेडिट, डेबिट कार्ड र क्युआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्ने भएका छन् ।
बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नविनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै