PRABHU BANK

हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभाले गर्यो प्रस्तावित २० प्रतिशत लाभांश पारित

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको पुस २७ गते सम्पन्न २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर सहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ६८ करोड रुपैयाँ नाघ्ने छ ।
सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैंकको बार्षिक साधारण सभा कोभिड-१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन भएको हो । यसका साथै २८ वर्षदेखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदैव प्रतिबद्ध रहेको छ ।
हाल बैंकले देशभर ७० वटा शाखा, १ सय ४६ एटीएम, ४ विस्तारित काउन्टर र ४२०० भन्दा बढी पीओएस टर्मिनलस् संख्याबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्व ३१ अर्व रुपैयाँ पुगेको छ । यस्तै कर्जा सापट ९.२५ प्रतिशतले बढेर १ खर्व ७ अर्व रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निष्कृय कर्जा भने १.०१ प्रतिशतमा सीमित रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै