चेक अनादार गरेको आरोपमा सांसद चौधरीविरुद्ध जाहेरी

काठमाडौँ। चेक अनादार गरेको आरोपमा सांसद  मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी परेको छ । सांसद  चौधरीविरुद्ध ५ करोड ५० लाखको  बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी परेको हो।

उनीविरुद्ध चेक अनादर गरेको दाबी गर्दै जाहेरी आए पनि जाहेरी अध्ययनकै क्रममा रहेकाले हाल दर्ता भने नभएको प्रहरीले जनाएको छ।

जाहेरी दिने व्यक्तिको नाम भने हाल नखुलाइएको प्रहरीले जनाएको छ। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्