PRABHU BANK

पोखरा फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Pokhara finance
  • बैंकिङ संसार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा भएको हो । कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको प्रस्तावित ५.२६३ प्रतिशत लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफा र जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
साथै सभाले मर्जर प्रकृयामा जान संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने कम्पनीको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै