PRABHU BANK

स्पर्स लघुवित्तको वित्तीय संस्थाको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित

Sparsha Laghubitta
  • बैंकिङ संसार
पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको चाैंथाे वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १९.५० प्रतिशत बोनस सेयर र १.०२६३१६ प्रतिशत नगद गरी २०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।
साथै सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १ कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९० कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको बताएको छ । नायव प्रबन्धक सुदिप आचार्यले संचालन गरेको सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै